नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार  | Khabarhub Khabarhub

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि शेयर बजार २९ अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन २८.९१ अंकले बढेको छ । 

मंगलबार नेप्से १.०९ प्रतिशतले बढेर २६६०.३९ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा कारोबार पनि बढेको छ । मंगलबार ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २१७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनी स्थिर भने रहेको छैन । 

दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार २१४ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन ०.०७ प्रतिशतले र ट्रेडिङ समूह ०.६१ प्रतिशत घटेको छ । अन्य बाँकी ११ वटा समूह भने बढेको छ । आज सबैभन्दा बढी लगानी समूह २.३८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०७ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य