नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार  « Khabarhub

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि शेयर बजार २९ अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन २८.९१ अंकले बढेको छ । 

मंगलबार नेप्से १.०९ प्रतिशतले बढेर २६६०.३९ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा कारोबार पनि बढेको छ । मंगलबार ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २१७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनी स्थिर भने रहेको छैन । 

दिनभरमा ३०९ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार २१४ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन ०.०७ प्रतिशतले र ट्रेडिङ समूह ०.६१ प्रतिशत घटेको छ । अन्य बाँकी ११ वटा समूह भने बढेको छ । आज सबैभन्दा बढी लगानी समूह २.३८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०७ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई