गृहमन्त्री लेखक भन्छन्‌ : यही सरकारलाई निरन्तरता दिनु उचित « Khabarhub

गृहमन्त्री लेखक भन्छन्‌ : यही सरकारलाई निरन्तरता दिनु उचित

‘सरकारको विकल्प सोच्दा लक्ष्यमा पुगिँदैन’


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले) सँगको साझेदारीको वर्तमfन सरकारलाई नै निरन्तता दिएर जाँदा उचित हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मङ्गलबार बोल्दै लेखकले आफू सहभागी वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

‘नेपाली काङ्ग्रेसको हितमा यो गठबनधन जान सक्ने स्थिति निर्माण गरेर, अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेकै गठबन्धनको सरकारलाई नै निरन्तरता दिनुपर्छ,’ लेखकले भने ।

उनले सरकार परिवर्तनको विकल्पबारे सोच्न नहुने बताउँदै विकल्प सोच्दा लक्ष्यमा पुग्न नसकिनेमा पनि जोड दिए ।

‘हामी अर्को विकल्पको कुरा गर्न थाल्यौँ भने ठाउँमा पुगिँदैन भन्ने पनि म आग्रह गर्न चाहन्छु । त्यसले नेपाली काङ्ग्रेसलाई ठीक हुँदैन भन्ने पनि आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘कमीकमजोरी, केही सुधारका कुराहरू छन् भने त्यसलाई सुधार गर्दै गर्दै अहिलेकै सरकारलाई निरन्तरता दिएर जाँदा उचित हुन्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’

उनले पार्टीका तर्फबाट सरकारमा सहभागी आफूहरूले संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यताअनुसार सरकारलाई ठीक ढङ्गले चलाउने प्रयास गरिराखेको पनि बैठकमा दावी गरे ।

‘संयुक्त सरकार सञ्चालनका जुन आधारभूत मान्यता हुन्छन्, जुन आधारभूत परम्पराहरू, अभ्यासहरू हुन्छन्,’ लेखकले भने, ‘त्यसलाई हामीले उपयोग गरेर सरकारलाई ठीक ढङ्गले चलाउने कोसिस गरिराखेका छौँ ।’

गृहमन्त्री लेखकले प्रयास गर्दा गर्दै पनि कहिलेकाहीँ कमजोरी हुने गरेको स्वीकार गर्दै पार्टीलाई सकारात्मक ढङ्गले लिइदिन पनि आग्रह गरे ।

‘कोसिस गर्दागर्दै पनि कमजोरीहरू हुने गरेका हुन्छन् । धेरै साथीहरू सरकारमा बसिसक्नुभएको छ । धेरै साथीहरू सरकारमा नबसे पनि ती विषयहरूमा जानकार नै हुनुहुन्छ,’ उनले भने, ‘त्यसो भएका हुनाले त्यसलाई त्यही रूपमा लिइदिन म आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ५४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको