भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास | Khabarhub Khabarhub

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि अमेरिकामा डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित भएको छ।

‘विग ब्युटिफुल’ विधेयकको मतदानमा बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतसहित विधेयक पास भएको हो। साँघुरो मत भएको अवस्थामा मुस्किलले पारित यो विधेयकले तल्लो सदनमा अझ धेरै विरोध र प्रतिकारको सामना गर्ने भएको छ।

रिपब्लिक पकडमा रहेको काँग्रेसमा उनले सो विधेयक पारित गर्नका लागि ४ जुलाइसम्मको डेटलाइन दिएका छन्।

सिनेटमा रिपब्लिकको पकड भए पनि तीन जना रिपब्लिकहरूले नै डेमोक्र्याटको साथमा लागेर विरोध जनाएपछि अप्ठेरो अवस्था सिर्जना भएको हो। अलास्काका रिपब्लिक सिनेटर लिसा मोरेस्कीलाई मनाउन सो दलका नेताले दिनभर कै समय खर्चिएका थिए।

अलास्कामा गरिएको खर्च कटौती भएको उनको मत छ। उनले आफ्नो राज्यमा सरकारले सहयोग गर्ने विश्वासका साथ विधेयकको पक्षमा मतदान गरेकी थिइन्। उनको मतदानसँगै पक्ष र विपक्षमा बराबर ५० मत भएको हो। यो विधेयकले कम आम्दानी भएको अमेरिकीको जीवनमा अझ धेरै अप्ठेरो पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २३ बजे

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित