भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास « Khabarhub

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि अमेरिकामा डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित भएको छ।

‘विग ब्युटिफुल’ विधेयकको मतदानमा बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतसहित विधेयक पास भएको हो। साँघुरो मत भएको अवस्थामा मुस्किलले पारित यो विधेयकले तल्लो सदनमा अझ धेरै विरोध र प्रतिकारको सामना गर्ने भएको छ।

रिपब्लिक पकडमा रहेको काँग्रेसमा उनले सो विधेयक पारित गर्नका लागि ४ जुलाइसम्मको डेटलाइन दिएका छन्।

सिनेटमा रिपब्लिकको पकड भए पनि तीन जना रिपब्लिकहरूले नै डेमोक्र्याटको साथमा लागेर विरोध जनाएपछि अप्ठेरो अवस्था सिर्जना भएको हो। अलास्काका रिपब्लिक सिनेटर लिसा मोरेस्कीलाई मनाउन सो दलका नेताले दिनभर कै समय खर्चिएका थिए।

अलास्कामा गरिएको खर्च कटौती भएको उनको मत छ। उनले आफ्नो राज्यमा सरकारले सहयोग गर्ने विश्वासका साथ विधेयकको पक्षमा मतदान गरेकी थिइन्। उनको मतदानसँगै पक्ष र विपक्षमा बराबर ५० मत भएको हो। यो विधेयकले कम आम्दानी भएको अमेरिकीको जीवनमा अझ धेरै अप्ठेरो पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २३ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा