फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर ‘एलिगेटर अल्कत्राज’ को भ्रमण गरेका छन्। उनले फ्लोरिडा भ्रमणको क्रममा भने, ‘धम्की दिने ग्रहकै दुष्ट व्यक्तिहरूको यो एउटा घर हो।’
राष्ट्रपति ट्रम्पले बनाउने सो जेलको वरपर थुप्रै जङ्गली जनावर रहने छन्। यस कारण कोही पनि भागेर जान सक्ने अवस्था छैन। ट्रम्पको यो योजनामा वातावरण विद्हरूले वातावरण नै प्रभावमा पर्ने भन्दै आलोचना गरेका छन्।
अहिले तयार भएको जेलमा तीन हजार बन्दी राख्ने क्षमता भएको उल्लेख गरिएको छ। त्यसको नजिकै अर्को जेल तयार गरिँदै छ। सो जेलमा अर्को तीन हजार जना अटाउने छन्। घर पालुवा जनावरको वासस्थान जस्तै देखिने धेरै स्थानहरू आप्रवासीका लागि तयार भएका छन्। साथै एयर कन्डिसन भएको पाल पनि त्यहाँ छ।

ट्रम्प प्रशासनले रिपब्लिकको पकड रहेको धेरै राज्यमा यसै स्वरूपको स्थान खोजी गरिरहेका छन्।
प्रतिक्रिया