अवैध आप्रवासीका लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’ « Khabarhub

अवैध आप्रवासीका लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर ‘एलिगेटर अल्कत्राज’ को भ्रमण गरेका छन्। उनले फ्लोरिडा भ्रमणको क्रममा भने, ‘धम्की दिने ग्रहकै दुष्ट व्यक्तिहरूको यो एउटा घर हो।’

राष्ट्रपति ट्रम्पले बनाउने सो जेलको वरपर थुप्रै जङ्गली जनावर रहने छन्। यस कारण कोही पनि भागेर जान सक्ने अवस्था छैन। ट्रम्पको यो योजनामा वातावरण विद्हरूले वातावरण नै प्रभावमा पर्ने भन्दै आलोचना गरेका छन्।

अहिले तयार भएको जेलमा तीन हजार बन्दी राख्ने क्षमता भएको उल्लेख गरिएको छ। त्यसको नजिकै अर्को जेल तयार गरिँदै छ। सो जेलमा अर्को तीन हजार जना अटाउने छन्। घर पालुवा जनावरको वासस्थान जस्तै देखिने धेरै स्थानहरू आप्रवासीका लागि तयार भएका छन्। साथै एयर कन्डिसन भएको पाल पनि त्यहाँ छ।

ट्रम्प प्रशासनले रिपब्लिकको पकड रहेको धेरै राज्यमा यसै स्वरूपको स्थान खोजी गरिरहेका छन्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ५९ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी