निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल « Khabarhub

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । 

बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले संघीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरिन्।

त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरूलाई सच्चाउन माग गरिन् । उनले विधेयकमाथि चलखेल गर्नेमाथि छानबिन गरेर कारबाही गर्न माग गरिन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसविपरित विधेयक आएको भन्दै आपत्ति जनाए । कानून निर्माण जस्तो विषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न उनले माग गरे ।

त्यस्तै अन्य सदस्यहरूले समेत निजामती विधेयकका सन्दर्भमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ५४ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ