‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे  | Khabarhub Khabarhub

‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य राजेन्द्र पाण्डेले संघीय निजामती सेवासम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीमा मुख्यसचिव र सचिवहरूले भूमिका खेलेको आशंका गरेका छन् ।  

नेकपा एकीकृत समाजवादीका सांसद पाण्डेले राज्य व्यवस्था समितिको बुधबारको बैठकमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाउन भूमिका खेलेको आशंका गरेका हुन् । 

‘हाम्रो मनभित्र पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले खेलेका हुन् कि भन्ने लागिरहेको छ । पर्दाभित्र त यी मुख्यसचिव, सचिवहरूले कुलिङ अफ पिरियड हटाउनका लागि प्रधानमन्त्रीलाई राजीनामा दिने धम्की दिएको भन्ने सार्वजनिक भएको थियो,’ उनले बैठकमा भने ‘अब केही गर्न सकिएन, तलबाट प्वाल पारिदिनुपर्‍यो भनेर यिनीहरू लागे भन्ने शंका लागेको छ ।’ 

विधेयकमा भएको छेडखानी पत्ता लगाएर शंका निवारणका लागि छानबिन समिति गठन गरिनुपर्ने समिति सदस्य पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ४२ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज