'नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ' | Khabarhub Khabarhub

‘नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको छेडखानीको विषयलाई लिएर सभापति रामहरि खतिवडाले नै राजीनामा दिने विषय व्यक्तिगत भएको बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नैतिकता प्रदर्शन गर्ने विषय सभापति खतिवडाको व्यक्तिगत भएको बताएका हुन् । 

‘नैतिकताको विषय व्यक्तिगत उहाँले नै प्रदर्शन गर्ने हो । विश्वास, माया, आदर भन्ने मागेर पाइने होइन,’ उनले भने, ‘कुलिङ पिरियड राख्नुपर्छ भनेर सबैभन्दा बढी बोल्ने उहाँ नै हो । फेरि हस्ताक्षर उहाँकै छ ।’

पाण्डेले विधेयकमाथि भएको छेडखानीमा संलग्न सबैमाथि कारबाहीको माग पनि गरे । ‘कुलिङ अफ पिरियड’को व्यवस्था हटाउने भूमिका रहेका व्यक्तिहरूलाई कारबाहीका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्ने माओवादीको माग छ । 

‘सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ । यसलाई यसै छाड्न हुँदैन,’ पाण्डेले भने, ‘उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्‍यो । सभापतिदेखि सबैमाथि छानबिन गर्नु पर्‍यो र दोषीमाथि कडा कारबाही गर्नुपर्‍यो ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ५३ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब