अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– जासुसी गरेको र गुप्तचर सेवामा काम गर्न अमेरिकी नौसेनाका सदस्य भर्ती गर्न खोजेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले मंगलबार जनाएको छ ।

आरोपित ३८ वर्षीय युन्स चेन र ३९ वर्षीया लिरेन लाईलाई चीन सरकारको एजेन्टको रूपमा काम गरेको अभियोगमा दोषी ठहरिएमा बढीमा १० वर्षको जेल सजाय हुने मन्त्रालयले जनाएको छ । ओरेगनको ह्याप्पी भ्यालीनिवासी चेन र गत अप्रिलमा पर्यटक भिसामा टेक्सासको ह्युस्टन आइपुगेका लाइलाई एफबीआईले शुक्रबार पक्राउ गरेको हो ।

एक आपराधिक उजुरीका अनुसार चेन र लाइले चीनको राज्य सुरक्षा मन्त्रालयको तर्फबाट संयुक्त राज्य अमेरिकामा धेरै गुप्तचर गतिविधिहरू गरेका थिए।

राष्ट्रिय सुरक्षा जानकारीको लागि नगद भुक्तान गर्ने र राज्य सुरक्षा मन्त्रालयको सम्भावित सम्पत्तिको रूपमा अमेरिकी नौसेनाका सदस्यहरू भर्ती गर्न खोजेको आरोप उनीहरूमाथि लगाइएको छ । 

महान्यायाधिवक्ता पामेला बोन्डीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो घटनाले हाम्रो सेनामा घुसपैठ गर्न र हाम्रो राष्ट्रिय सुरक्षालाई भित्रबाट कमजोर पार्न चीन सरकारको निरन्तर र आक्रामक प्रयासलाई दर्शाउँछ।’

आपराधिक उजुरीअनुसार लाइले सन् २०२१ मा संयुक्त राज्य अमेरिकाका कानुनी स्थायी बासिन्दा चेनलाई राज्य सुरक्षा मन्त्रालयका लागि काम गर्ने जिम्मेवारीसहित भर्ती गरेका थिए । 

बुधबार यस घटनाबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘तथाकथित चिनियाँ जासुसहरूको हाइपिङको विरोध गरेको’ बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘हामी चिनियाँ नागरिकको कानुनी अधिकार र हितको रक्षाका लागि पनि आवश्यक कदम चाल्नेछौं ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : २७ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।