सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा तीन जनाको ज्यान गएको छ । उक्त हेलिकोप्टर अफ्रिकी संघको ‘सोमालियामा सहयोग तथा स्थायित्व स्थापनार्थ मिशन’ अन्तर्गत सञ्चालनमा रहेको थियो ।

युगान्डाबाट खटिएको सैनिक टोलीद्वारा सञ्चालन गरिएको सो हेलिकोप्टर बिहान करिब साढे सात बजे मोगादिशुको अदन अब्दुले हवाइ मैदानमा आकस्मिक रूपमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । हेलिकोप्टर बालेडोग्ले सैनिक हवाई आधारशिविरबाट उडेको थियो ।

मिशनले जारी गरेको विवरण अनुसार, सो हेलिकोप्टरमा आठ जना सवार थिए, जसमध्ये तीन जनालाई तुरुन्तै उद्धार गरी अस्पताल लगिएको छ । उनीहरूको अवस्थाबारे थप जानकारी दिइएको छैन ।

बाँकी यात्रु तथा चालक दलका सदस्यहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ । 

प्रहरी अधिकृत अब्दी अलीले भने, ‘दुर्घटनास्थलबाट केही व्यक्तिहरूलाई निकालिएको थियो, तिनीहरूलाई बोकेर लैजाँदै गर्दा तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।’

प्रत्यक्षदर्शी मोहम्मद यारेले भने, ‘मैले केही मानिसको ज्यान गएको देखेँ, तर कति जना थिए भन्ने यकिन गर्न सकिनँ ।’
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली