कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत « Khabarhub

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोशी मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने अनुमति दिएपछि प्रदेश लोकसेवा आयोगको सिफारिसमा २०७६ साल साउन १ गते यता प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका कर्मचारीहरूलाई उपदान वा निवृत्तिभरण प्राप्त गर्न सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवम्  आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

यसैगरी बैठकले कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत गरेको छ । त्यस्तै प्रदेश तथ्यांक ऐन परिमार्जनका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भण्डारीले बताए । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु