गिरिजाबाबु लिगेसी हो, उहाँ नभएको भए वृहत शान्ति सम्झौता हुने थिएन : नेता आचार्य | Khabarhub Khabarhub

गिरिजाबाबु लिगेसी हो, उहाँ नभएको भए वृहत शान्ति सम्झौता हुने थिएन : नेता आचार्य


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका अग्रज नेता महेश आचार्यले लोकनायक गिरिजाप्रसाद कोइरालामा पार्टी निर्माणका लागि चाहिने सबै गुण भएको बताएका छन् । 

कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा कांग्रेस महामन्त्री गगनकुमार थापाको निजी सचिवालयमा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै नेता आचार्यले गिरिजाबाबु कार्यकर्तादेखि जनतासम्म जोडिएरै सत्ता चलाउन सफल उच्च राजनीतिज्ञ भएको बताए । 

उनले भने, ‘उनको कामलाई हेर्दा एउटा पार्टी निर्माणका लागि चाहिने सबै गुण गिरिजाबाबुमा थियो । २१ वर्षको उमेरदेखि निरन्तर पार्टीमा होमिएका गिरिजाबाबु २००३ सालको मजदुर आन्दोलनको नेतृत्वदेखि ०६५ सालमा प्रचण्डलाई सत्ताको चाबी हस्तान्तरण गर्दासम्म जनतासँगै रहनु भयो ।’

नेतामा हुनुपर्ने सबै गुण गिरिजाबाबुमै भएको दाबी गर्दै आचार्यले भने,  ‘गिरिजाबाबुले जनताका कुरा धैर्य गरेर सुन्न सक्नुभयो । उहाँलाई सम्झँदा अहिलेका नेताहरुको बानी तुलना गर्न सकिँदैन ।’

नेता आचार्यले गिरिजाबाबु राजनीतिक दल चलाउन जनतासँग रहेरमात्र नहुने रहेछ भन्ने बुझेरै चार ओटा चरण पार गरेर आएको नेता भन्दै यस्तो क्षमता नेपाली राजनीतिमा अन्य कसैसँग नभएको बताए । 

उनले भने, ‘जनतासँग रहनु, जनताका कुरा सुन्नु, जनताका कुरा सम्बोधन गर्न नीति र कार्यक्रममा अभिलेख गर्नु अनि त्यसलाई कार्यान्वयन गर्न सरकारसँग समन्वय गर्नु नै गिरिजाबाबुको क्षमता थियो ।’

यी चारमध्ये कुनै एकमात्र पनि काममा चुकियो भने त्यो सफल हुन नसक्ने नेता आचार्यको दाबी छ । 

भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले गिरिजाबाबुलाई एसियाकै नेता भएको भनेको स्मरण गर्दै नेता आचार्यले भने, ‘परिणाममुखी कार्यक्रम दिन सक्ने काममा गिरिजाबाबु सधै अब्बल रहनु भयो ।’

 गिरिजाबाबु नभएको भए विद्रोही माओवादीसँग शान्ति सम्झौता हुन नसक्ने ठोकुवा गर्दै आचार्यले हरेक चरणमा सुझबुझपूर्ण तरिकाले चलकैले संविधान सभा सफल भएको र मुलुकमा राजतन्त्र फालेर गणतन्त्र ल्याउन सफल भएको दाबी गरे । 

उनले भने, ‘राजनीतिक रूपले विभाजित भएको बेलामा, राजाले अधिकार अपहरण गरेका बेलामा, अन्तर्राष्ट्रिय तहले नियालेका बेलामा र द्धन्द्धपीडितका लागि पनि सम्बोधन गरेर अगाडि बढ्ने वृहत शान्ति सम्झौता गरेर माओवादीलाई समेट्ने काम गिरिजाबाबुले मात्र गर्न सक्नुहुन्थ्यो । त्यसैले गिरिजाबाबुको त्यो लिगेसी नै हो जसले गम्भीर अवसमा पुगेको राजनीतिलाई सही तरिकाले अवतरण गर्न सक्नुभयो ।’ 

अहिलेको पुस्ताले गिरिजाबाबुको योगदानलाई स्मरण गर्दै सोही अनुसार अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘उहाँको कदम साहसिक थियो । उहाँले कसरी जनतासँग सम्बन्ध, उनीहरुको गुनासो र आकांक्षा समेट्नु भयो र कसरी कार्यान्वयनका लागि अडिग भएर लाग्नुभयो भन्ने नै महत्वपूर्ण हो । अहिलेको पुस्ताले यसलाई सिक्नु जरुरी छ ।’

लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालको आयोजनामा भएको कार्यक्रममा गिरिजाबाबुको वरिपरिमात्र रहेर सम्बोधन गरेका नेता आचार्यले २०४८ सालपछि उद्यमशीलतालाई प्रोत्साहन गर्नका लागि नै उनले भूमिका खेलेको बताए । उनले राज्यले गरेर मात्र नपुग्ने भएकाले नै निजी क्षेत्रलाई सुविधा दिएर जिम्मेवारी बनाउनका लागि गिरिजाबाबु सँधै अग्रसर भइरहेको उल्लेख गरे ।  

उनले गिरिजाबाबुको समाजवादप्रतिको भनाइ सामान्य भए पनि निकै गहन रहेकोतर्फ इंकित गर्दै भने, ‘गिरिजाबाबु भन्नुहुन्थ्यो नेपालमा समाजवाद भनेको गरिबका छोराछोरीले पढ्न पाउन् भन्ने नै हो । बच्चा जन्मने बेलामा महिलाहरुको म्रातृत्व सुरक्षित गर्नुपर्छ भन्ने नै गिरिजाबाबुको समाजवाद थियो । नीति बनाउनका लागि गिरिजाबाबुले बालबालिका स्कूल जान चाहने, गाउँलेलाई बाटो बनाइदेउ भन्ने नै चाहना राख्नुहुन्थ्यो ।’ 

नेता आचार्यले नेपालको एउटैमात्र मुद्दा रहेको उल्लेख गरे । उनले भने, ‘एउटैमात्र मुद्दा यो छ कि देशलाई द्रुत गतिमा सुधार गरेर कसरी लैजाने । यदि संकल्प गरेर काम गर्ने हो भने पाँच वर्षमै कायापलट गर्न सकिन्छ ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमको सभापतित्वमा भएको कार्यक्रममा उनले गिरिजाबाबु आफ्नो पार्टीभित्रको गुटलाई मात्र नभइ अन्य दललाईसमेत राज्यका एजेन्डामा समेटेर लैजान सक्ने नेता भएको स्मरण गरिन् । 

त्यस्तै अग्रज पत्रकार विष्णु निष्ठुरीले कांग्रेसको पहिलेको ओझ सकिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘पहिले कांग्रेसमा संस्कार थियो, ज्ञान थियो, विचार थियो, आस्था थियो । त्यसले नै कांग्रेसलाई धानेको थियो । अहिले ती छैनन् धनको प्रभाव बढेको छ ।’ 

कार्यक्रममा सांसद दुर्लभ थापा, महेन्द्र शर्मा, सोमनाथ घिमिरे लगायतले सम्बोधन गरेका थिए ।

उल्लेख्य रुपमा कांग्रेसका नेता एवं सुभेच्छुक रहेको कार्यक्रममा सांसदहरु पुष्पबहादुर शाह, कुसुम थापा, सपना राजभण्डारी, मैना कार्की र सीता मिजार लगायत पनि सहभागी थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३४ बजे

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्ममा दोहोरिए दयाहाङ, ‘पेन्सनपट्टा’को नायकमा फाइनल

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक