कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श « Khabarhub

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानविन समितिबारे परामर्श सुरु गरेका छन्।

सभामुख घिमिरेले समितिका सभापति रामहरि खतिवडा, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे, र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका हुन्।

छलफलका क्रममा सम्भावित छानबिन समितिको संरचना (मोडालिटी) र कार्यादेश (टीओआर) बारे प्राथमिक कुराकानी भएको जनाइएको छ। नेताहरूले प्रधानमन्त्री विदेशमै रहेका कारण, उनी स्वदेश फर्किएपछि शीर्ष नेताहरूको सहमतिमा समिति गठन गर्न सुझाव दिएका छन्।

साथै, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका सचिव डा रोजनाथ पाण्डेलाई आवश्यक प्रशासनिक छानबिन र सम्बन्धित कागजातहरू अभिलेखिकरणको जिम्मा दिइएको जानकारी सभामुखलाई गराइएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४८ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र