दुई कार्यकाल हटाउने प्रावधान महाधिवेशनको सर्वसम्मत निर्णय हो : शंकर पोखरेल « Khabarhub

दुई कार्यकाल हटाउने प्रावधान महाधिवेशनको सर्वसम्मत निर्णय हो : शंकर पोखरेल


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वमा दुई कार्यकालको सिमितता हटाउने निर्णय दशौँ महाधिवेशनको सर्वसम्मत निर्णय भएको स्पष्ट पारेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत ‘भ्रम र वास्तविकता’ शीर्षकमा सार्वजनिक धारणा व्यक्त गर्दै पोखरेलले विधानमा छलछाम गरिएको भन्ने आरोप आधारहीन भएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको छ । जवकी राष्ट्रिय महाधिवेशन अघि वसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनवाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यसमा केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रुपमा रहेको थियो ।’

पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता र एमालेको नेतृत्वमा आउने चर्चा चुलिएको सन्दर्भमा दुई कार्यकाल र उमेरहदको विषय चर्चाको केन्द्रमा आएको हो। कतिपय नेताहरूले यो व्यवस्थामा चुपचाप परिवर्तन गरिएको आरोप लगाउँदै आएका छन्।

तर महासचिव पोखरेलले सार्वजनिक रूपमा दिएको स्पष्टीकरणले विवादलाई केही हदसम्म राजनीतिक ढाँचामा व्यवस्थापन गर्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : २३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ