देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने « Khabarhub

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बिहीबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : ४६ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज