एसीसी यु-१६ : सेमिफाइनलमा मलेसियाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

एसीसी यु-१६ : सेमिफाइनलमा मलेसियाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर नेपालले सुरुमा बलिङ गर्दैछ। मलेसियाले नेपालविरुद्ध सुरुमा ब्याटिङ थालेको छ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल भेट पक्का गरेको हो।

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

नेपाल आज मलेसियालाई हराउँदै उपाधि जित्ने दाउमा छ। दोस्रो सेमिफाइनलमा भने आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।

सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ५० बजे

एप्सटिन फाइलमा नाम जोडिएका शक्तिशालीमाथि होला त कारवाही ?

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एप्सटिनसँग सम्बन्धित लाखौँ दस्तावेज सार्वजनिक

मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड

डाक्नेश्वरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी

नेता–कार्यकर्तालाई उपसभापति शर्माको आग्रह- निर्वाचनमा एकढिक्का भएर लागौँ

चितवन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कसैलाई गाली

एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै

न्यूयोर्क- अमेरिका स्थित यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेज