भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण | Khabarhub Khabarhub

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’ हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि ६ लाख रुपैयाँको लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो ।

क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन २७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए ।

रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ । (रासस)

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ५३ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा