रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन « Khabarhub

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणबारे केही जानकारी नभएको बताएकी छन् ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू हुँदै गर्दा पुगेकी उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमाध्यममा स्पष्टीकरण सोधिएको बताइन् ।

‘स्पष्टीकरण सञ्चारमाध्यमतिर सोध्नुभएको रहेछ, केही शक्तिशाली पदाधिकारीले,’ नेतृ झाँक्रीले भनिन्, ‘मलाई त स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज बिहानभरी कान पाकुञ्जेल त्यही कुरा सुनेँ ।’

उनले टेलिभिजनबाट स्पष्टीकरण सोधिने र पार्टीबाट निकाल्ने भनेर नेताहरूको अभिव्यक्ति सुनेको पनि बताइन् ।

‘टेलिभिजनबाट स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ, याँ ऊँ भनेको सुनेको थिएँ । त्यो मैले बालेको कन्टेन्टको हिसाबले,’ उनले भनिन्, ‘पार्टीले १५ गते क्रिया–प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरू प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ ।’

उनले जिम्मेवार पदाधिकारीहरूले आफूविरुद्ध व्यक्तिगत तहमा उत्रिएर गालीगालौज गरेको पनि गुनासो गरिन् । ‘व्यक्तिगत तहमा पनि, गाली गलौजमा, बडी सेमिङमासम्म बोलिरहनुभएको छ,’ झाँक्रीले भनिन् ।

उनले पार्टीको सचिवालय बैठकमा बोलाउन माग गर्दै आफू निवेदन लिएर पार्टी कार्यालय पुगेको पनि बताइन् ।

‘जिम्मेवार पदाधिकारी बोलिरहेको विषयमा के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर–बाहिर सोध्ने के हो कुरा ? तपाईंहरूको बैठकमा मलाई बोलाउनुस्, म त्यसको जवाफ स-विस्तार दिन्छु,’ उनले भनिन्, ‘म कुन कन्टेस्टमा बोलेँ, कुन कन्टेन्टमा बोलेँ । मेरो कुराको भनाइ के हो र गलत हो भने कसरी हो ? त्यसमा म हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्छु भनेर एउटा निवेदन लिएर आएको हुँ ।’

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : १२ बजे

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन