दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म « Khabarhub

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो।
 
फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ । 

उनले भने, “दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ ।”

बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ । यहाँ उत्पादित बीउलाई पछि समुह र सहकारीमार्फत किसानकामा पुर्‍याइने छ ।
 
दुई हेक्टर जग्गामा करिब ५० क्विन्टल धानको बीउ उत्पादन हुने गरेको उनले बताए। विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जातका धानको बीउ उत्पादन गरी किसानकामा पुर्‍याइएको उनले बताए। 

उनले भने, ‘किसानले बीउमा समस्या भोग्नु नपारेस् भनेर धानको बीउ फार्मले उत्पादन गर्दै आएको छ ।’ 

यहाँ उत्पादित धानको मूल बीउको माग बढ्दै गएको उनले बताए। धानको मूल बीउबाहेक खाद्यान्नमा समेत प्रयोग हुने गरेको छ । 

गत वर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो । यस फार्ममा अहिले च्याउखेतीमा प्रविधि प्रदर्शन, मेवाको बिरुवा उत्पादन, किम्बुका बिरुवा उत्पादन तथा बिक्री वितरण लगायतका काम हुँदै आएका छन् ।
 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ५२ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा