लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण « Khabarhub

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ । 

लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस् भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । 

चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिए । 

लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताए । 

विपन्न परिवारलाई उनीहरूको जीवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ०१ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६