लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण | Khabarhub Khabarhub

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ । 

लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस् भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । 

चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिए । 

लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताए । 

विपन्न परिवारलाई उनीहरूको जीवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : ०१ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए