पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी « Khabarhub

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा लगाइएका पत्रकार दिलभूषण पाठकसँग जिल्ला अदालत, काठमाडौंले २५ हजार धरौटी मागेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई फरार प्रतिवादी बनाएर चलाएको साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटी माग गरेको हो ।

उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासका न्यायाधीश खेमराज भट्टले गरेका थिए । उनलाई बयानपछि थुनछेक आदेशका क्रममा २५ हजार धरौटी मागिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको परिवारको सम्पत्ति र छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनेर समाचार सम्प्रेषण गरेको आधारमा उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको थियो ।

समाचारकै आधारमा फरक उद्देश्यको कानुन दुरुपयोग गरी मुद्दा चलाइएकोमा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका थिए । तर पनि सरकारले यो मुद्दा अदालतमा लगेको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : २७ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६