पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी « Khabarhub

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा लगाइएका पत्रकार दिलभूषण पाठकसँग जिल्ला अदालत, काठमाडौंले २५ हजार धरौटी मागेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई फरार प्रतिवादी बनाएर चलाएको साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटी माग गरेको हो ।

उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासका न्यायाधीश खेमराज भट्टले गरेका थिए । उनलाई बयानपछि थुनछेक आदेशका क्रममा २५ हजार धरौटी मागिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको परिवारको सम्पत्ति र छोरा जयवीरसिंह देउवाको हिल्टन होटलमा लगानी रहेको भनेर समाचार सम्प्रेषण गरेको आधारमा उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको थियो ।

समाचारकै आधारमा फरक उद्देश्यको कानुन दुरुपयोग गरी मुद्दा चलाइएकोमा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका थिए । तर पनि सरकारले यो मुद्दा अदालतमा लगेको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ५ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै