अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै « Khabarhub

अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

ओटावा- संयुक्त राज्य अमेरिकाले आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाबाट हुने व्यापार निरन्तर घटिरहेको छ ।

क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिकातर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो ।

यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ – जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो ।

यता, अमेरिकाबाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार तीव्र रूपमा बढेको छ । अहिले निर्यात ५.७ प्रतिशतले बढेको छ । कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो पटकको रेकर्ड हो ।

क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ । उता आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन