मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण  « Khabarhub

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षरोपण सुरु गरिएको हो ।  

डिभिजन वन कार्यालय कैलालीको सहकार्य र नेचर नेक्सस नेपालको आयोजनामा शनिबारदेखि वृक्षरोपण सुरु गरिएको डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले बताए। 

वन क्षेत्रभित्रको खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षरोपण सुरु भएको बताउँदै उहाँले यसले नदी कटान रोकथाममा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण सहयोग मिल्ने बताए । 

डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरका अनुसार सामुदायिक वनभित्रको खाली जमिनमा वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिए । मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको उनले बताए। 

नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षरोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताए। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपण गर्ने काम भरपर्दो भएकाले जैविक विविधता संरक्षणका लागि वृक्षरोपण अनिवार्य रहेको जनाइएको छ । 
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : १३ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२