युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने « Khabarhub

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग आइतबार वार्ता गर्न इजरायलले आफ्नो प्रतिनिधि मण्डल कतार पठाउने भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो कार्यालयमा प्रस्ताव आइसकेको बताए। नेतान्याहुले सुरुवातमा मध्यस्थता गरेका अमेरिका, इजिप्ट र कतारले राखेको प्रस्तावमा हमासले गर्न चाहेमा परिवर्तन भने स्वीकार्य नहुने बताएका छन्।

शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।

वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको ज्यान गएको छ।

मवासीमा रहेको पालमा विस्फोट हुँदा एक चिकित्सक र उनका तीन सन्तानको साथमा ७ जनाको ज्यान गएको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ०२ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान