चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’ | Khabarhub Khabarhub

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार सञ्चालन र भावी रणनीतिबारे कडा टिप्पणीसहित व्यापक आत्ममूल्यांकनको खाँचो औँल्याएका छन्।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा नेता भण्डारीले यस्तो बताएका हुन् ।

दुई ठूल दल मिलेर बनेको सरकारमा कांग्रेस सहभागी पनि हुँदासमेत अपेक्षित काम हुन नसकेको उनले उल्लेख गरे । ‘हाम्रै नेताहरूमा पद लिने तर काम नगर्ने प्रवृत्ति छ। सही समयमा सही व्यक्तिलाई जिम्मेवारी नदिएकै कारण अहिलेको सरकार गोठालाले घाँस नकाट्दा भैंसी भोकै परे जस्तो भएको छ’, उनले भने ।

भण्डारीले आगामी निर्वाचन (२०८४) नजिकिँदै गर्दा पार्टीले गठबन्धनको सट्टा एकल प्रतिस्पर्धाको तयारी गर्नुपर्ने सुझाव दिए। ‘गठबन्धनले कांग्रेसलाई घाटा भयो, अब हामी एक्लै जित्ने गरी लाग्नुपर्छ,’ उनले स्पष्ट पारे।

भण्डारीले कांग्रेसमा पुस्तान्तरणको बेला आएको भन्दै अब पछाडिको पुस्ताले नेतृत्व लिनुपर्ने बताए। ‘अघिल्लो पुस्ता बिदा हुँदैछ, अब नयाँ पुस्ताले कांग्रेस हाँक्नुपर्छ,’ उनले भने।

पार्टीभित्रका विवाद र कमजोरीहरूबारे पनि खुलेर समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘झगडा त सबै दलमा हुन्छ, तर हामीले आफ्ना भित्री र बाहिरी गल्ती पहिचान गर्नुपर्छ।’

देशका पूर्वपदाधिकारीहरूको भूमिकाबारे टिप्पणी गर्दै भण्डारीले राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउने कुरा गलत रहेको बताए । ‘राष्ट्रपति र उपराष्ट्रपति बनिसकेपछि फेरि पार्टीमा फर्किनु उपयुक्त होइन’, उनले भने ।

उनले हाल संसद्मा रहेको निजामती कर्मचारी विधेयकबारे उठेको विवादमा पनि बोले । भण्डारीले उक्त विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने निर्णय लाजमर्दो भएको बताए। ‘अब त मलाई सांसद भन्न पनि लाज लाग्छ। जसले गल्ती गरेको हो, उसले जिम्मेवारी लिनुपर्छ र कारबाही पनि हुनुपर्छ,’ उनले कडा स्वरमा भने।

देशका किसानहरू गम्भीर समस्यामा रहेको उल्लेख गर्दै उनले अझै पनि मल नपाएको गुनासो गरे । ‘किसान मलविना धान रोप्दै छन्, न सिँचाइ छ, न बजार छ, न मूल्य’, उनले भने । जलश्रोत प्रशस्त हुँदाहुँदै पनि उत्पादनमा जोड नदिएकोमा उनले सरकारको आलोचना गरे।

नेता भण्डारीले समग्रमा कांग्रेस नेतृत्व, नीतिगत निर्णय, सरकार सञ्चालनको शैली, संगठनको दिशाविहीनताले समस्या ल्याउने बताए । आगामी चुनावी रणनीतिमा सुधार नगरे पार्टी ठूलो संकटमा फस्ने चेतावनी दिए। ‘कांग्रेस समयअनुसार नचले ०८४ को चुनावमा गाह्रो हुन्छ,’ उनले दोहोऱ्याए।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १ : ०९ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन