मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा | Khabarhub Khabarhub

मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या (पौडेल) बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनीसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी परिवार तराई झरेका थिए ।

पाध्या साविककको बरेङ्गाउ पञ्चायतको प्रधानसमेत भए। गाउँमा सबैले प्रधानबा भनेर सम्मान गर्थे । आफू प्रधानपञ्च र त्यसैमाथि अन्य परिवारको पनि आश, तर बसाइँ भने ऐलानी जग्गामा । करिब ५० वर्षसम्म ऐलानी जग्गामा जोतभोग गरेँ ती परिवारले । हाल भने ती परिवारले ऐलानी जग्गा आफ्नै स्वामित्वमा भोगचलन गर्न पाएका छन् । 

पचास वर्षपछि ती परिवारले आफ्नै नाममा जग्गाधनी पुर्जा पाएका छन् । स्थानीय एक विद्यालयका प्रधानाध्यापक रहेका बालकृष्ण पराजुलीले भने, ‘पाँच दशकसम्म जोतभोग गरेको जमिन उनीहरूको नाममा थिएन, त्यसले आयआर्जनका लागि बैंकिङ प्रक्रियामासमेत राख्न पाइएन । पुर्जा प्राप्त गरेसँगै प्रधानबासहितका परिवार जग्गाधनी भएका छन् ।’

हाल ती परिवारसहित कञ्चन गाउँपालिका–५ को सन्डहवा गाउँको एउटा ब्लकका करिब पाँच सय परिवारको लालपुर्जा बनेको छ । यो ब्लकमा मात्रै करिब एक हजार दुई सय परिवारको बसोबास रहेको छ । 

जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले प्रक्रिया पूरा गरेर ती सबै परिवारलाई क्रमशः पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले स्थानीय पालिकासँगको समन्वयमा गाउँपालिकाको गरगरेमा विशेष समारोहको आयोजना गरी पाध्यासहितका चार सय ३० परिवारलाई एकै दिन जग्गाधनी पुर्जा दिइसकेको उनले बताए । 

अध्यक्ष थापाले भने,’पुर्जा वितरणको कामलाई निरन्तर जारी राखिने छ । अब लगत्तै जिल्लाका अरु पालिकामा पनि लालपुर्जा वितरण गरिने छ ।’

आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गाधनी पुर्जा प्रदान गरेका हुन् । त्यस अवसरमा उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको बाहुल्य रहेका क्षेत्रबाट एकसाथ पुर्जा वितरणको काम सुरु गरिएको बताए ।  

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : १२ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो