यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण « Khabarhub

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ । हुथी विद्रोहलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायलले त्यस स्थानमा रहेका स्थानीयलाई अन्यत्र जान भनेको केही समयपछि आक्रमण भएको हो ।

इजरायलका रक्षा मन्त्री एरिक काजले हुथी नियन्त्रणमा साइटमा आक्रमण हुनुका साथै पावर स्टेसन र दुई वर्ष अघि सोही समूहले नियन्त्रणमा लिएको जहाजमा पनि निसाना बनाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

हुथीले सञ्चालन गरेको मिडियाले बन्दरगाहमा आक्रमण भएको जनाएको छ । थप क्षतिका बारे भने कुनै जानकारी दिइएको छैन ।
‘यमन र इजरायलको भाग्यको एउटै कुरा लेखिएको छ । जसले इजरायलको क्षति गर्न खोज्छ, उसको क्षति हुन्छ । जसले इजरायलको विरुद्धमा हात उठाउँछ, उसको हात काटिन्छ,’ काजले लेखेका छन् ।

इजरायल र हमासको युद्ध सुरु भएयता गाजा र हमासप्रति एकबद्धता भन्दै हुथीले लगातार इजरायलमा आक्रमण गरेको थियो । हुथीले पछिल्लो समय इजरायलका र उसका नागरिकमाथि गरेको आक्रमणको प्रतिक्रिया स्वरूप यो आक्रमण भएको हो ।

आक्रमणपछि हुथीले आफ्नो एयर डिफेन्सले इजरायलको मिसाइल नास गरेको दाबी गरेको छ । अहिले इजरायलले निसाना बनाएको महत्त्वपूर्ण स्थानमा सन् २०२३ मा हुथीले नियन्त्रणमा लिएको व्यावसायिक पानी जहाज ‘ग्यालेक्सी लिडर’ हो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०४ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार