टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता « Khabarhub

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। अधिकारीका अनुसार दोहाको दुई भिन्न भवनमा साढे तीन घण्टा वार्ता चलेको थियो। दुवै पक्षको भनाइ कतार र इजिप्टका अधिकारीले आदान प्रदान गरेका थिए।

अधिकारीहरूले सोमबार वार्ता हुने अपेक्षा गरेका छन्। दुई पक्षको असमझदारी हटाउन मध्यस्थकर्ता गरिरहेका छन्।

रोयटर्सले दुई प्यालेस्टाइनी अधिकारीसँग गरेको कुराकानीमा अनुसार यस वार्तामा सहभागी इजरायली अधिकारीसँग महत्त्वपूर्ण निर्णयको अधिकार छैन।

अन्तिम चरणको यो अप्रत्यक्ष वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका प्रस्थान गरे पछि भएको हो। नेतान्याहुले सोमबार राष्ट्रपति ट्रम्पसँग भेट भएपछि वार्ता र बन्दी रिहाइको क्रमले निकास पाउने अपेक्षा गरेका छन्।

नेतान्याहुले ट्रम्पले युद्ध विरामका लागि राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको बताए। हमासले युद्ध विरामको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भए पनि दुई पक्षको बीचमा धेरै खाडल अझै बाँकी रहेका कारण निष्कर्षमा पुग्न नसकेको बताए।

हमासले पूर्ण युद्ध विराम र गाजाबाट इजरायली सेना हट्नु पर्ने तथा इजरायली जेलमा रहेका सबै प्यालेस्टाइनीको रिहाइको माग गरेको छ। इजरायलले यसलाई अस्वीकार गरेको छ। नेतान्याहु आफ्नो अडानबाट धेरै टाढा नहुने अनुमान गरिएको छ।

गत मार्चमा यी दुई पक्षकाबीच युद्ध विराम भङ्ग भएपछि मध्यस्थकर्ताले यसको समाधानका लागि प्रयास जारी राखे पनि निकास पाउन सकेको छैन। हमासलाई वार्ताका लागि दबाब दिने भन्दै इजरायल झनै धेरै आक्रामक भएको छ। गएको २४ घण्टामा मात्र हमासलाई निसाना बनाउँदै १३० आक्रमण भएको तथा सो आक्रमणबाट धेरैको ज्यान गएको जनाइएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ४७ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुईजना भारतीय नागरिक पक्राउ

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ

 करिब १ सय ४८ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ