अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग | Khabarhub Khabarhub

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।
 
अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिनिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवासुविधा समयानुकूल बनाउन आग्रह गरेको हो । सङ्गठनले शतप्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ ।
 
क्रान्तिकारीले परम्परागत रुपमा चलिरहेका धार्मिक विद्यालय मदरसा, गुम्बालगायतका विद्यालयलाई समकक्षता र यस्ता विद्यालयलाई मूलधारमा ल्याउने बारेमा थप स्पष्टता गर्न सुझाव दिएको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए । ज्ञापत्रपत्रमा राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभेर एउटा निकाय कायम गर्न सुझाव दिइएको छ ।
 
ऐन प्रारम्भ भएपछि पाँच देखि १० वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक गुठीमा रूपान्तरण गरी सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउँदै क्रान्तिकारीले निजी गुठीका रुपमा सञ्चालित विद्यालय १० वर्षभित्र सार्वजनिक गुठीमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : ५४ बजे

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक