विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री « Khabarhub

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका युवा विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टसँग आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँगको भेटका क्रममा विपिनको रिहाइका लागि जारी पहललाई निरन्तरता दिन आग्रह गरेको जानकारी दिए । 

‘हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु,’ प्रधानमन्त्री ओलीले भने । 

उनले इजिप्टका प्रधानमन्त्री डा। मुस्तफासँगको भेटमा दुई पक्षीय हित र चासोको विविध विषयमा छलफल गरे पनि बताए । ‘इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँगको भेटमा दुई पक्षीय हित र चासोको विविध विषयमा छलफल गरेको छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ०७ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको