प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उनले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए । 

प्रधानमन्त्री ओलीले सम्मेलनपूर्व असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए । 

सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए । 

सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने अवगत गराएको बताए । 

प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए । 

‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरू मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।’

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए । नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको बताए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : १२ बजे

एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्‍यो

गोदावरी ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनबाट पार्टीको झण्डाको रंग

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे

‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ

काठमाडौं – नायक अनमोल केसीले ‘जेन–जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा