इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह | Khabarhub Khabarhub

इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ‘खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप लगाएको छ ।
 
युरोपेली आयोगले अप्रिलमा एप्पललाई आफ्नो एप स्टोरबाहिर ग्राहकलाई ‘स्टीयरिङ’ गर्नबाट रोकेको भन्दै एप्पललाई जरिवाना लगाएको थियो ।

एप्पलले भनेको छ, ‘युरोपेली आयोगको निर्णय र अकल्पनीय जरिवाना कानूनी दायराभन्दा धेरै टाढा छ । आज हामीले हाम्रो अपील दायर गरेका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अपिलले देखाउँछ कि आयोगले हामीमाथि कसरी व्यावसायिक सर्तहरू मान्न बाध्य पार्दैछ विकासकर्ताहरूको लागि भ्रामक र प्रयोगकर्ताहरूको लागि खराब छ भन्ने कुरा हाम्रो अपिलले पुष्टि गर्नेछ । हामीले दैनिक जरिवानाबाट बच्नका लागि आयोगका सर्त मानेका छौँ । परेको बेला इयू अदालतसँग तथ्यहरू साझा गर्नेछौँ ।’

एप्पलले नयाँ दैनिक जरिवानाबाट बच्न सकियोस् भनी गत महिना युरोपमा आफ्नो एप स्टोर भुक्तानी नियमहरूमा परिवर्तनको घोषणा गरेको थियो । 

परिवर्तित एप स्टोर भुक्तानी नियमहरूमा विकासकर्ताहरूलाई उनीहरूको अनुप्रयोगभित्र उपभोक्ताहरूलाई सीधै विभिन्न भुक्तानी विकल्पहरू प्रस्ताव गर्न अनुमति दिनसक्ने पनि उल्लेख छ । आयोगले अहिले ती परिवर्तनको मूल्यांकन गरिरहेको छ ।
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १३ बजे

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे

‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ

काठमाडौं – नायक अनमोल केसीले ‘जेन–जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

तेल अभिव- गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा

वर्षमानले भने- नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान