रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन « Khabarhub

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत रकम ठगी प्रकरणमा भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा थालिएको हस्ताक्षर अभियानलाई ‘राजनीतिक प्रोपोगान्डा’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नमिल्ने निचोडसहित थुनामै राख्न भनेको अवस्थामा रास्वपाले थालेको हस्ताक्षर अभियानलाई उनले राजनीतिक प्रपोगान्डा भनेका हुन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधनका क्रममा सहकारीको ठगी छानबिनसम्बन्धी संसदीय समितिका अध्यक्षसमेत रहेका थापाले रास्वपाको कदमको औचित्य नरहेको बताएका हुन् ।

‘२०८२ असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एक व्यक्तिको नाममा १५ पृष्ठको अपिल आएको छ । त्यसलाई अपिल भनेको छैन, मैले त याचना पत्र भनेको छु । त्यही याचनापत्रसहित अहिले हस्ताक्षर अभिायन जारी छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? त्यसलाई प्रतिशोध भन्दै हस्तक्षर अभियान चलिरहेको छ, त्यो राजनीति हो । त्यो राजनीतिक प्रोपोगाण्डा हो ।’

उनले सहकारी ठगी प्रकरणमा अदालतबाट उन्मुक्ति नपाएपछि रविका नाममा रास्वपाले राजनीतिक प्रचार गरेको बताए । ‘त्यो आफ्नो रोटी सेक्ने उपक्रम हो । म दाबीसहित भन्छु, सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यसलाई कुनै पनि हस्ताक्षरले बदल्न सक्दैन’, उनले भने ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ४४ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर