‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा « Khabarhub

‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने बताएका छन् ।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानबिन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने तर्फ सभामुखको समेत ध्यानाकर्षण गराएको बताए । 

छानबिन समितिको नेतृत्व नगर्न रास्वपाले दिएको सुझावलाई गम्भीर रूपमा नलिएको उनले बताए । परियारले रास्वपा निर्णायक शक्ति नभएकाले गलत कुराहरूलाई रोक्न नसकिएको धारणा राखे । 

उनले कुलिङ अफ पिरियड प्रकरणको छानबिनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्य व्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए ।  

परियारले छानबिन समितिको नेतृत्वको विषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानबिन समितिमा सदस्य पठाएको बताए । 

उनले सार्वभौम संसद् बनाएको कानूनलाई कुनै अमुक व्यक्ति वा संस्थाबाट प्रभावित भएर परिवर्तन गर्ने जस्तो कुरा अब उपरान्त कहिले पनि नहुने गरी विशेष छानबिन समितिले काम गर्ने विश्वास व्यक्त गरे।  

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : १३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड