कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु | Khabarhub Khabarhub

कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई जवाफ फर्काएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन पाउने अधिकार रहेको स्मरण गराएका हुन् ।

‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ । नेपालको पार्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो,’ बैठकस्थलबाट प्राप्त छोटो अडियोमा सभापति देउवाले भनेका छन्, ‘नेपालको संविधानको कुरा गरेको हो मैले । संविधान मान्ने मान्छे हो ।’

अडियोमा देउवाले ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो । म छोड् भनेर छोड्ने मान्छे होइन । म अप्ठ्यारो मान्छे हो है’ भनेको पनि सुनिन्छ । उनले यसो भन्दै गर्दा कांग्रेसको बैठक कक्षमा हाँसोको फोहरा नै छुटेको अडियो क्लिपमा सुनिन्छ ।

सभापति देउवाले उक्त जवाफ कुन प्रसंगमा दिएका हुन् भन्ने खुलेको छैन । तर, स्रोतका अनुसार उनले महामन्त्री विश्वप्रकाश शर्मालाई उक्त जवाफ दिएका हुन् ।

‘महामन्त्रीले बैठकमा सभापतिलाई अभिभाकत्व निर्वाह गर्न आग्रह गर्नुभएको थियो,’ बैठकमा सहभागी स्रोतको भनाइ छ, ‘उहाँ बोलेर फर्किँदै गर्दा सभापति बोल्नु भएको हो ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : २७ बजे

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा

गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता, उद्योग दर्ताको बाटो खुला

पोखरा– गण्डकी प्रदेशमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई कानूनी मान्यता दिइने

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

काठमाडौं – चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी

‘बैङ्किङ बजार नियम सङ्गत छैन’

काठमाडौं– आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट ल्याइसकेका

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत प्रश्नोत्तर हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक