प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल « Khabarhub

प्रतिनिधिसभामा ऐन संशोधन गर्न बनेको विधेयक टेबुल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।
     
यस्तै, सभाका सचिव राईले क्रमशः विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए।
     
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाएका थिए ।

    
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२ पेस भएको छ । समितिका सभापति कुसुमदेवी थापाले  उक्त प्रतिवेदन पेस गरेकी हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गरे। 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरे। सभामुख घिमिरेले उक्त विधेयकलाई अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएकाले विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गरेका थिए । 

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन विधेयक ल्याइएको बताए।
 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : १२ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुईजना भारतीय नागरिक पक्राउ

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ

 करिब १ सय ४८ किलो गाँजासहित दुईजना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १ सय ४८ किलोग्राम सहित

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसदहरुलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

राज्यकोषबाट दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्दै सरकार

काठमाडौं– राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ