क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा  | Khabarhub Khabarhub

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी आत्तिनु पर्ने अवस्था नरहेको प्रष्टिकरण दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार उनले क्रियाशील सदस्यता नवीकरणबारे धारणा राख्ने क्रममा यस्तो प्रष्टिकरण दिएका हुन् । 

‘यो पटक हामीले प्रारम्भबाटै क्रियाशील सदस्यताका काम गर्दै जाऔँ भनेर सुरु गरेका हौँ । त्यस्तो आत्तिनु पर्ने अवस्था केही पनि होइन,’ महामन्त्री थापाले भने, ‘खाली के देखिएको छ भने पार्टीको अधिवेशनको तिथि, मिति घोषणा नभएको हुनाले गर्दा तल जुन गतिमा हुनपर्ने हो, त्यो गतिमा भएको छैन ।’

उनले यसअघि पार्टीले महाधिवेशनको तिथि, मिति घोषणा गरेपछिमात्रै क्रियाशील सदस्यतामा प्रवेश गर्ने परम्परा स्मरण गराउँदै क्रियाशील सदस्यताको बारेमा चिन्ता गर्नु स्वाभाविक भएको स्वीकार गरे । 

‘जबसम्म पार्टीले महाधिवेशनको तिथि, मिति घोषणा गरेन, त्यो बेलासम्म क्रियाशील सदस्यताको बारेमा प्रवेश गर्ने हाम्रो परम्परै थिएन,’ थापाले भने, ‘त्यसले क्रियाशील सदस्यताको बारेमा चिन्ता गर्ने कुरा स्वाभाविक छ, गर्नुपर्छ । यसको अरु थप काम गर्नुपर्ने छ ।’

महामन्त्री थापाले १४ औँ महाधिवेशनका क्रममा कांग्रेसले शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्दा सही ढंगले वितरण नगरेको आभाष आफूलाई भएको पनि बैठकमा जानकारी गराए ।

 ‘अघिल्लो पटक सय प्रतिशत क्रियाशील सदस्यता बाँड्दै गर्दा सही ढंगले वितरण गरेनौँ कि भन्ने कुरा पनि देखिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ४८ बजे

त्रिशूलीमा बाढी आउँदा फसेकाको उद्धारका लागि हेलिकप्टर पुग्यो

काठमाडौं – नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धारका लागि हेलिकप्टर

रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन्

काठमाडौं – रसुवामा आएको बाढीले अहिलेसम्म ११ जना बेपत्ता भएको

राष्ट्रियसभा बैठकमा जलस्रोत विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक दिउँसो

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो

रसुवा – चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा