टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान « Khabarhub

टेक्सासमा बाढीले सय बढीको मृत्यु, अझै धेरै पानी पर्ने पूर्वानुमान


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सासमा बाढीका कारण मर्नेको सङ्ख्या १०० नाघेको छ। केयर काउन्टीमा मात्र ८४ जनाको ज्यान गएको पुष्टि भएको छ। चार दिनसम्म पनि हराउनेको खोजी कार्य भइरहेको छ। अझ थुप्रै हराइरहेका छन्। किस्टिक क्याम्पमा २७ छात्रा मरेको पुष्टि भइसकेको छ। त्यहाँ पनि अझ धेरै जना हराइ रहेका छन्।

त्यस क्षेत्रमा अझै गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। चार दिन अगाडि धेरै पानी परेको थियो। समयमै ठुलो पानी पर्ने चेतावनी दिइए पनि बिहानको समयमा निदाइ रहेका धेरै जना ब्युँझन पाएनन्। क्याम्पमा बिदा मनाउन गएका धेरै विद्यार्थीले ज्यान गुमाए।

सबै भन्दा धेरै मानिसको ज्यान गएको केयरमा अझै १० बालबालिका तथा एक जना काउन्सिलर हराइरहेका छन्। केन्डलमा ६ जनाको ज्यान गएको छ। अहिले पनि टेक्सासमा पानी परिरहेको छ। सबैलाई सावधान रहनका लागि भनिएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ५८ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको