राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा | Khabarhub Khabarhub

राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी जापान र दक्षिणा कोरियासहित संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।

जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।

धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ,।’

ट्रम्पले यो घोषणासँगै अमेरिकामा घरेलु उत्पादनले प्रश्रय पाउने दाबी गरेका छन्। ट्रम्पको यो दाबीका बाबजुद विश्लेषकहरूले व्यापार घट्ने तथा शेयरको बजारमा उतार चढाव आउने बताएका छन्। सोमबार टोयटाको शेयर चार प्रतिशतले घटेको छ।

गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरको सामान पठाएको थियो। अमेरिकामा सामान पठाउने जापान पाँचौँ स्थानमा छ। जापान भन्दा धेरै युरोपेली युनियन, मेक्सिको, चीन र क्यानडाबाट सामान जाने गरेको छ। दक्षिण कोरिया पनि शीर्ष १० मा पर्छ।

जापान र दक्षिण कोरियासँगै ट्रम्पले सोमबार घोषणा गरेको नयाँ करको दायरा अनुसार म्यानमारबाट अमेरिका जाने सामानमा ४०, कम्बोडिया र थाइल्यान्डका सामानमा ३६ तथा सर्बिया र बङ्गलादेशका सामानमा ३५ प्रतिशत कर लगाइएको छ।

इन्डोनेसियाका सामानमा ३२, दक्षिण अफ्रिकाका ३० तथा मलेसिया र ट्युनेसियाको सामानमा २५ प्रतिशत आयात करको घोषणा गरेका छन्।

ट्रम्पले अन्य देशको व्यापार नीतिले अमेरिकालाई घाटा भएको भन्दै त्यसलाई हेर्दै घोषणा गर्ने बताएका छन्।

यसैबीच अमेरिकाले बेलायत र भियनामामा वार्ता गरिरहेको छ भने चीनसँग पनि वार्ताको तयारी गरेको छ। अमेरिका अहिले भारतसँग नजिक भएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १४ बजे

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली