विश्व पर्यटन दिवस– प्रभातफेरीदेखि महिला समूहले बजाएको पञ्चेबाजासम्म | Khabarhub Khabarhub

विश्व पर्यटन दिवस– प्रभातफेरीदेखि महिला समूहले बजाएको पञ्चेबाजासम्म


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ४०औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो ।

दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना गर्‍यो । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको र्‍याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका पर्यटन व्यवसायी, सङ्घसंस्थालगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । नागपोखरीस्थित गणतन्त्र पार्कमा अहिले औपचारिक कार्यक्रम शुरु भएको छ ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयले संयुक्त रुपमा आयोजना गरेको पर्यटन दिवस मूल समारोहको पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले उद्घाटन गरे ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा निजी क्षेत्रका अगुवा पर्यटन व्यवसायी संस्थाका प्रमुखले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव केदारबहादुर अधिकारीले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी कामना गरेका छन् ।

पर्यटनको माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई मजबुद तुल्याउन तथा वातावरणको दिगो व्यवस्थापनका लागि आवश्यक सजकता अपनाउँदै यस क्षेत्रको विकास प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको शुभकामन सन्देशमा उल्लेख छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनात्मक गतिविधि तीव्र रुपमा अघि बढेको र अभियानलाई सफल बनाउन आम समुदायको सक्रिय भूमिका चाहिने सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ०६ बजे

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले