सामसुङले ल्याउँदैछ किताबजस्तै ‘फोल्ड’ हुने मोबाइल « Khabarhub

सामसुङले ल्याउँदैछ किताबजस्तै ‘फोल्ड’ हुने मोबाइल


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–१० वर्ष पहिले स्मार्टफोन बजारमा ल्याएरको सामसुङ कम्पनीले फेरि अहिले नयाँ प्रविधिको मोबाइल फोन ल्याएको छ । बिहीबार लन्च गरिएको नयाँ फोनको नाम ‘सामसुङ ग्यालेक्सी फोल्ड’ राखिएको छ । यो मोबाइल हामीले पढ्ने किताबजस्तै फोल्ड हुने कम्पनीले जनाएको छ।

नयाँ फोन लन्च गर्दै कम्पनीले १० वर्षपछि ल्याएको यो नयाँ फोनसँगै फोनको अवस्था र भविष्य दुवै बदलिएको दाबी गरेको छ ।

कम्पनीले आगामी अप्रिलमा बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको छ । सामसुङ ग्यालेक्सी फोल्डसँगै ग्यालेक्सी एस १०, तथा ग्यालेक्सी एस १० प्लससहित तीन फोन पनि सार्वजनिक गरेको छ ।

कम्पनीले ट्‍वीटरमार्फत सार्वजनिक गरेको भिडियो

पेन्सिलको बक्साजस्तो देखिने यो फोन खुल्दा ७.३ इन्चको स्क्रीन हुन्छ । फोल्ड हुँदा मोबाइल जस्तो देखिने यो फोन खुल्दा सिंगल स्क्रीन भएको ट्याबलेट बन्छ ।
यो फोनमा एक साथ तीन एप चलाउन सकिन्छ । त्यसका लागि ऐपको ट्याबलेट मोडबाट फोन मोडमा लैजानुपर्छ ।

बारम्बार खोल्दै बन्द गर्दा फोनलाई धेरै क्षति नपुगोस भने दुवैतर्फ व्याट्रि राखिएको हुन्छ ।

तस्वीर खिच्न कुनै समस्या नहोस भन्नका लागि फोनमा ६ वटा क्यामेरा फिट गरिएको छ। तीन वटा क्यामेरा पछाडि, दुई भित्र र एक अगाडि फिट गरिएको छ ।

कम्पनीले यही २६ अप्रिलमा ल्याउने ग्यालेक्सी फोल्डको मूल्य १ हजार ९ सय ८० अमेरिकी डलर तय गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : २० बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित