सामसुङले ल्याउँदैछ किताबजस्तै ‘फोल्ड’ हुने मोबाइल | Khabarhub Khabarhub

सामसुङले ल्याउँदैछ किताबजस्तै ‘फोल्ड’ हुने मोबाइल


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–१० वर्ष पहिले स्मार्टफोन बजारमा ल्याएरको सामसुङ कम्पनीले फेरि अहिले नयाँ प्रविधिको मोबाइल फोन ल्याएको छ । बिहीबार लन्च गरिएको नयाँ फोनको नाम ‘सामसुङ ग्यालेक्सी फोल्ड’ राखिएको छ । यो मोबाइल हामीले पढ्ने किताबजस्तै फोल्ड हुने कम्पनीले जनाएको छ।

नयाँ फोन लन्च गर्दै कम्पनीले १० वर्षपछि ल्याएको यो नयाँ फोनसँगै फोनको अवस्था र भविष्य दुवै बदलिएको दाबी गरेको छ ।

कम्पनीले आगामी अप्रिलमा बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको छ । सामसुङ ग्यालेक्सी फोल्डसँगै ग्यालेक्सी एस १०, तथा ग्यालेक्सी एस १० प्लससहित तीन फोन पनि सार्वजनिक गरेको छ ।

कम्पनीले ट्‍वीटरमार्फत सार्वजनिक गरेको भिडियो

पेन्सिलको बक्साजस्तो देखिने यो फोन खुल्दा ७.३ इन्चको स्क्रीन हुन्छ । फोल्ड हुँदा मोबाइल जस्तो देखिने यो फोन खुल्दा सिंगल स्क्रीन भएको ट्याबलेट बन्छ ।
यो फोनमा एक साथ तीन एप चलाउन सकिन्छ । त्यसका लागि ऐपको ट्याबलेट मोडबाट फोन मोडमा लैजानुपर्छ ।

बारम्बार खोल्दै बन्द गर्दा फोनलाई धेरै क्षति नपुगोस भने दुवैतर्फ व्याट्रि राखिएको हुन्छ ।

तस्वीर खिच्न कुनै समस्या नहोस भन्नका लागि फोनमा ६ वटा क्यामेरा फिट गरिएको छ। तीन वटा क्यामेरा पछाडि, दुई भित्र र एक अगाडि फिट गरिएको छ ।

कम्पनीले यही २६ अप्रिलमा ल्याउने ग्यालेक्सी फोल्डको मूल्य १ हजार ९ सय ८० अमेरिकी डलर तय गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : २० बजे

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा