ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण « Khabarhub

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई आक्रमण गरेको जनाएको छ। विभिन्न सहरमा गरी ७२८ ड्रोन तथा १३ क्रुज या बिलास्टिक मिसाइल प्रहार भएका हुन्।

युद्ध अन्त्य गरेर शान्ति स्थापनाका लागि बारम्बार प्रयास भइरहेको समयमा यो आक्रमण भएकोमा युक्रेनले रुसको निन्दा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउन तथा किभमा अझ धेरै हतियार पठाउने धारणा राखेपछि यो आक्रमण भएको हो।

मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिको गतिविधिले आफूलाई निराश बनाएको बताउँदै आएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि रुस र युक्रेनका नेता बीचमा बारम्बार सम्पर्क भए पनि शान्ति स्थापना गर्न असफल भएका छन्।

गत साता पनि रुसी राष्ट्रपतिसँगको फोन वार्ता पछि उनले आफू अत्यन्त दुःखी भएको बताएका थिए। पुटिन मान्छे मार्न मात्र सक्रिय भएको आरोप ट्रम्पको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ३० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल