ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन « Khabarhub

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप तीन करोड २१ लाख ९० हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो रकम आर्थिक वर्ष २०७८–०७९ देखि चालु आवको जेठ मसान्तसम्मको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन भएको हो ।

तीन वर्षमा २४३ सवारी दुर्घटना भएकोमा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए ।

जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १२ : १३ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा