शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए « Khabarhub

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक बिहीबार बसेको छ ।

पार्टी संस्थापन पक्षले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष बैठकले निकालेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको छ ।

यो बैठकमा कांग्रेसबाट निकालिएका खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, खेलकुद मन्त्री तेजुलाल चौधरी, नेता गुरु घिमिरे, बलबहादुर केसी पनि सहभागी थिए ।

त्यसैगरि सांसदहरू राजेन्द्र बजगाईं र सञ्जय गौतम पनि बैठकमा देखिए । कांग्रेस उपसभापति धनराज गुरुङ पनि यो बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १२ : ३१ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा