काठमाडौँ – वर्तमान सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत असार ३१ गते चौथोपटक मुलुकको ढुकुटीको तालाचाबी जिम्मा लिए ।
आठौँपटक मन्त्री भएर सत्तालाभ लिइरहेका पौडेलले पछिल्लो कार्यकाल चालु आर्थिक वर्ष सुरु हुनुभन्दा ठीक एक दिन अघि थालेका थिए ।
यसबीच मन्त्री पौडेलले अर्थमन्त्रीको हैसियतमा पूर्ववर्ती सरकारले ल्याएको बजेट आकार संशोधन गरे । आगामी आर्थिक वर्षका लागि बजेट ल्याए । पूर्वसहमति बमोजिम सत्ता गठबन्धन टिकिरहे अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट पनि अन्त्यसम्म नै कार्यान्वयन गर्नेछन् ।
चालु आर्थिक वर्षको बजेटको आकार फेर्ने र नयाँ बजेट ल्याउने बाहेक मन्त्री पौडेलले के गरे त ? आफैँले संशोधन गरेको बजेट कार्यान्वयनमा पनि उल्लेख्य उपलब्धि नभेटेका अर्थमन्त्री पौडेलले आर्थिक वर्षभर गरेको काम भन्दै २३ बुँदे फेहरिस्त प्रस्तुत गरेका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा भएको व्यवस्थाअनुसार हिजो (असार २५ गते) सरकारी खाता बन्द भइसकेको छ । खाता बन्द भएसँगै भुक्तानी निकासा पनि बन्द भएको छ ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) लगायत तीनै तहका सरकारी खाता बन्द भएपछि बजेट कार्यान्वयनको चित्र पनि लगभग आइसकेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले असार २५ गते कार्यालय समयसम्म सुरु वार्षिक लक्ष्यको जम्माजम्मी ७६.९ प्रतिशतमात्रै आम्दानी गरेको छ । ८५.८२ प्रतिशत कुल खर्च गरेको सरकार पुँजीगत खर्चतर्फ भने लक्ष्यको जम्माजम्मी ५९.१३ प्रतिशतमा खुम्चिएको छ । पुँजीगततर्फ खर्च भएमध्ये ३० अर्ब पनि गत आर्थिक वर्षको दायित्व भुक्तानी जोडिएको हो ।
आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट कार्यान्वयन थाले पनि अपेक्षित प्रगति नगरेको सरकारकै तथ्याङ्कले देखाएपछि सरकारी खाता बन्द भएको भोलिपल्ट अर्थमन्त्री पौडेलको सचिवालयले विभिन्न २३ कामको फेहरिस्त मिडियाहरूमा पठाएको हो ।
नेपाल राष्ट्र बैङ्क र राष्ट्रिय तथ्याङ्क कार्यालय समेतको तथ्याङ्क स्रोत लिएर अर्थ मन्त्रालयमा तयार गरिएको अर्थमन्त्रीको सफलता विवरण को नाम ‘अर्थतन्त्रको अवस्था’ राखिएको छ ।
यस्तो छ विवरण :
क्र.स. | विषय | अर्थतन्त्रमा आएको परिवर्तन | अर्थतन्त्रका चुनौती |
१ | लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा कानूनी सुधार | आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१ आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐेन २०८१ निजीकरण (पहिलो संशोधन) ऐन, २०८१भन्सार महसुल ऐन, २०८१ बैंकिङ कसुर तथा सजाय ऐन, २०८२भन्सार ऐेन, २०८१विनियोजन ऐन, २०८२राष्ट्र ऋण उठाउने ऐन, २०८२आर्थिक ऐेन, २०८२ वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ (प्रतिनिधिसभा पेश)आन्तरिक राजस्व परिचालन रणनीति सार्वजनिक, २०८१ सार्वजनिक खर्चलाई मितव्यायी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१वैदेशिक सहायता परिचालन नीति २०८२ वैशाखमा सार्वजनिक | लक्ष्य अनुसारको राजस्व संकलनपूँजीगत खर्चमा थप वृद्धिग्रे लिष्टबाट बाहिर निस्कने |
२ | आयोग गठन | उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन सुरु | |
३ | निजी क्षेत्र | निजी क्षेत्रको गुनासा तथा मागहरु सुनुवाइ र आत्मविश्वास वृद्धि | |
४ | दायित्व भुक्तानी | निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ। अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या साम्य | |
५ | आर्थिक वृद्धिदर | चालू वर्ष : ४.६१ प्रतिशत प्रक्षेपण। (राष्ट्रिय तथ्यांक कार्यालय)गत वर्ष : ३.८७ प्रतिशत | |
६ | बहुवर्षीय ठेक्का प्रकृया | बहुवर्षीय ठेक्का प्रकृयालाई व्यवस्थित र कार्यान्वयन योग्य बनाइएको । | |
७ | अर्थतन्त्रको आकार वृद्धि | ४ खर्ब वृद्धि(गत वर्ष ५७ खर्ब भएकोमा यो वर्ष ६१ खर्ब पुगेको) | |
७ | राजस्व वृद्धि | १० खर्ब ९७ अर्ब । २०८२ असार २६गत वर्षको भन्दा १ खर्ब ८ अर्ब रुपैयाँ बढी । ७७.३४ प्रतिशत | |
९ | पूँजीगत खर्चमा वृद्धि | २ खर्ब ८ अर्ब । २०८२ असार २६गत वर्षको भन्दा ३६ अर्ब बढी ।५९.१३ प्रतिशत | |
१० | पूँजी बजारमा सुधार | २०८२ असार २५ नेप्से परिसूचक २७०५ विन्दुमा । गत वर्ष असार १८ गते नेप्से परिसूचक २१०० | |
११ | निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर | ८.७ प्रतिशत । २०८१ जेठगत वर्ष : ५.६ प्रतिशत | |
१२ | रेमिट्यान्स वृद्धि | १५.५ प्रतिशत वृद्धि भइ १५३२ अर्ब पुगेको । गत वर्ष १३२७ अर्ब रुपैयाँ थियो । | |
१३ | निर्यात वृद्धि | ७७.८ प्रतिशत । २०८२ जेठगत वर्ष : ३ प्रतिशत वृद्धि | |
१४ | आयात वृद्धि | १३.१ प्रतिशत । २०८२ जेठगत वर्ष : १.८ प्रतिशत | |
१५ | शोधान्तर स्थितिमा सुधार | ४ सय ९१ अर्ब बचत, २०८२ जेठ(गत वर्ष ४ सय ९२ अर्ब थियो ) | |
१६ | विदेशी विनिमय सञ्चिति | १८ करोड ६५ करोड अमेरिकी डलर। २०८२ जेठगत वर्ष १४ अर्ब ७२ करोड अमेरिकी डलर | |
१७ | क्रेडिट रेटिङ | बिबि माइन्स | |
१८ | वैदेशिक सहायता प्रतिवद्धतामा वृद्धि | १ खर्ब १९ अर्वले वृद्धि भएको । यो वर्ष कूल २ खर्ब खर्ब १९ अर्बको प्रतिवद्धता भएको।गत वर्ष सोही अवधिमा १ खर्ब २ अर्ब प्रतिबद्धता रहेको थियो। (८१ चैतसम्मको तथ्यांक) | |
१९ | मुद्रास्फिति | चालू वर्ष : २.७७ प्रतिशत (८२ वैशाखसम्मको तथ्यांक)गत वर्ष : ४.४० प्रतिशत | |
२० | चालू खाता बचत | चालू वर्ष : ३ अर्ब ७ अर्ब, २०८२ जेठ गत वर्ष : २ सय अर्ब | |
२१ | व्याजदर | चालू वर्ष : ६.०९ औषत आधार दर (वाणिज्य बैंक)गत वर्ष : ८.१७ औषत आधार दर (वाणिज्य बैंक) | |
२२ | सञ्चिति पर्याप्ता | चालू वर्ष १७ महिना वस्तु आयात र १४ महिना वस्तु तथा सेवा आयात धान्न सक्ने । गत वर्ष १५ महिनाको वस्तु र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने । | |
२३ | अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक | यातायातनिर्माणखानीविद्युत तथा ग्यासव्यापारबैंक तथा बीमाउद्योगघर जग्गासूचना प्रविधिकृषि तथा वनप्रशासनिक सेवास्वास्थ्य सेवावैज्ञानिक सेवाऔद्योगिक उत्पादनशिक्षाआवास तथा भोजन |
प्रतिक्रिया