क्यानडामा कपिल शर्माले तीन दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार « Khabarhub

क्यानडामा कपिल शर्माले तीन दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

ओटावा- क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।

तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो ।

क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्।

आक्रमणको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा एक व्यक्ति कारभित्रै बसेर क्याफेतर्फ गोली चलाइरहेका छन् ।

अहिलेसम्म घटनामा कोही घाइते भएको खबर छैन। भारतीय समाचार रिपोर्टहरू अनुसार, खालिस्तानी चरमपन्थी हरजीत सिंह लाडीले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ।

हरजीत सिंह भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) को मोस्ट वान्टेड सूचीमा सूचीकृत छन् । यस घटनाले भारत र क्यानडाबीच बढ्दो खालिस्तानी गतिविधिलाई लिएर फेरि तनाव बढ्ने देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : २१ बजे

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन

भद्रपुर– झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो