बाढीपछि रसुवागढीमा विद्युत आपूर्ति ठप्प (तस्बिरहरू) « Khabarhub

बाढीपछि रसुवागढीमा विद्युत आपूर्ति ठप्प (तस्बिरहरू)


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल-चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।

रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन ।


 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ०९ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका