केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह | Khabarhub Khabarhub

केरुङमा अलपत्र नेपालीहरूको उद्धार गर्न सरकारलाई शेखर कोइरालाको आग्रह


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् । 

रसुवागढीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि व्यवसाय र कामको लागि केरुङ गएका नेपालीहरू अलपत्र परेकाले उनीहरूको उद्धार गर्न आग्रह गरेका हुन् । 

कोइरालाले शुक्रबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल चीन आवत जावत बन्द भएको छ । जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्, ती नेपालीहरूलाई तुरुन्त वैकल्पिक मार्गबाट नेपाल ल्याउन म सरकारसँग आग्रह गर्दछु ।’

साथै उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको भन्दै चीन सरकारसँग समन्वय गरेर अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २८ बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो