कृषि उत्पादन बढाउन उपकरणमा अनुदान | Khabarhub Khabarhub

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई–५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उनी खेतमा नै व्यस्त छन् । 

अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त गर्छन् सोही पालिका–१ प्रमेजुङका चन्द्र भण्डारी ।

‘विगतको तुलनामा उत्पादन बढ्ने विश्वास छ’, किसान भण्डारीले भने ।

माईजोगमाई गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई बिहीबार हाते ट्रयाक्टर र चिया टिप्ने मेसिन वितरण गरेपछि उहाँहरू कृषि कर्ममा लाग्न उत्साहित भएका हुन् । पचहत्तर प्रतिशत अनुदानमा वितरण गरिएको यन्त्रले किसानमा उत्साह र व्यावसायिक कृषिको सम्भावना बढाएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए।

‘छ अश्वशक्तिका १० र सात अश्वशक्ति क्षमताका १३ वटा हाते ट्र्याक्टर तथा १७ वटा चिया टिप्ने मेसिन वितरण गरेका छौँ’, अध्यक्ष थेबेले भने।, ‘कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएका उपकरणका लागि किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन् ।’

उनले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोगका लागि अनुगमन गरिने बताए। 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ५९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र