यु–१८ साफ च्याम्पियनसिपः उपाधिका लागि भारत र बंगलादेश भिड्ने « Khabarhub

यु–१८ साफ च्याम्पियनसिपः उपाधिका लागि भारत र बंगलादेश भिड्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार भएका सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र बंगलादेशले भुटानलाई पराजित गरेको हो । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक मैदानमा भएका सेमिफाइनलका दुवै खेलमा ४–० को समान नतिजा आएको हो ।

समूह चरणमा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेकाले आइतबार हुने फाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । यसअघिका दुवै संस्करणको उपाधि विजेता नेपाल भने घरेलु मैदानमा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले माल्दिभ्ससित १–१ को बराबरी खेल्दा भुटानसित ३–० को हार व्यहोरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा