स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते | Khabarhub Khabarhub

स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । 

नन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ३८ बजे

आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या

काठमाडौँ- जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् ।

आजका समाचार : ढल्यो दुईतिहाइको सत्ता, देश अनिश्चिततातिर, राज्यका तीनै अंग ध्वस्त र राष्ट्रपतिले आन्दोलनकारीलाई बोलाए वार्तामा

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाएराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम

पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने

सेनाले भन्यो– राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु साझा दायित्व

काठमाडौं– नेपाली सेनाले जेनजी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ ।